काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ। देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि एकै चरणमा मतदान प्रक्रिया सञ्चालनमा आएको हो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाका लागि भइरहेको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा पनि निर्वाचन सम्पन्न भएको थियो।

advertisement

आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष) अन्तर्गत १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ।

प्रत्यक्ष प्रणालीतर्फ ६१ वटा निर्वाचन चिह्न लिएर ६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com