काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले मतदान गरेका छन्  ।

उनले बिहान ७ः ०० बजे काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ४ स्थित विशाल मिलन केन्द्रमा मतदान गरेका हुन्  ।

advertisement

मतदान गरेपछी छोटो प्रतिक्रिया दिदै थापाले निर्वाचनले लोकतान्त्रिक विधि र पद्धति भएको भन्दै नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह गरे । साथै उनले फरक विचार र विकल्पिक मार्गचित्र बोकेको कारण काठमाडौं–
५ का मतदाताले आफुलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com