काठमाडाैं । कर्णालीमा बिहानैदेखि मतदान शान्तपुर्ण रुपमा सुरु भएमो छ । विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् ।

पूर्व गृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट ५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिष्पर्धामा छन् ।

advertisement

नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ ६ को नन्दादेवी मा.वि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काङ्ग्रेस कालिकोटका उम्मेदवार हर्ष बहादुर बमले कालिकोट पचालझरनामा रहेको पञ्चकालिका मा.वि बाझकोटमा पहिलो मतदान गरे भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले नरहरिनाथ ३ को गाउँपालिका भवन मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री हृदयराम थानीले सुर्खेतको बिरेन्द्रनगर –१ सरस्वती प्रा.वि मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् ।

कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कालिकोटको पचाझरना ९ मा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
मतदान सुरुभए पनि कर्णालीका विभिन्न मतदान केन्द्रहरुका मतदाताहरुको उपस्थिति पातलो देखिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com