काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व पुगेका छन्। प्रतिनिधिसभा सदस्यका लागि सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका प्रचण्ड हेलिकोप्टरमार्फत रुकुम पूर्व पुगेका हुन्।
त्यसअघि प्रचण्ड चितवनमा मतदानमा सहभागी भएका थिए र चितवनबाट रुकुम यात्रा गरेका हुन्। रुकुम पूर्व पुगेपछि उनले मतदान केन्द्रहरू भ्रमण गर्दै उम्मेदवारहरूसँग संवाद गर्ने छन ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया