काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुनः सञ्चालन गर्ने सहमति भएको छ।

घटनापछि बसेको सर्वदलीय बैठकले मतदान प्रक्रिया पुनः सुरु गर्ने निर्णय गरेको बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दिपक रेग्मीले जानकारी दिएका छन्।

advertisement

मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।

डीआईजी रेग्मीका अनुसार सर्वदलीय सहमतिपछि मतदान प्रक्रिया पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ। उनले भने, ‘मतदान पुनः सुरु गर्ने सहमति भइसकेको छ, केहीबेरमै मतदान प्रक्रिया अघि बढ्छ।’

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com