काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्र पुगेर मिश्रले मतदान गरेका हुन् । मतदानपछि उनले निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा भइरहेको बताएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी छ । प्रारम्भिक जानकारीअनुसार देशभर मतदान केन्द्रहरूमा मतदाताको राम्रो उपस्थिति रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ र निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रहरी तथा निर्वाचन आयोगले जनाएको छ ।
रवीन्द्र मिश्रको यो मतदानले पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई थप उत्साहित बनाएको छ । काठमाडौं–१ मा उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया