काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगबाट अनुमति नलिई हेलिकप्टर चढेर झापातर्फ उडेपछि उक्त हेलिकप्टरलाई अवतरण गर्न नदिई काठमाडौं फर्काइएको खुलासा भएको छ।

शाहले काठमाडौंमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकप्टरमार्फत झापातर्फ प्रस्थान गरेका थिए। तर उनी सवार हेलिकप्टर झापामा अवतरण नगरी पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्किएको थियो।

advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार निर्वाचन आयोगबाट आवश्यक अनुमति नलिइकन हेलिकोप्टर उडान गरिएको पाइएपछि झापामा अवतरण गर्न अनुमति नदिइएको हो।

स्रोतका अनुसार, ‘निर्वाचन आयोगको अनुमति लिएको पुष्टि नभएकाले हेलिकप्टरलाई फर्काउन निर्देशन दिइएको हो।’

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com