काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता  बालेन्द्र शाह ‘बालेन’ ले झापा क्षेत्र नम्बर ५ मा मतदान गर्न हेलिकप्टर प्रयोग गर्दा सुरक्षा कारणले काठमाडौं फर्किनु परेको छ।

बिहीबार बालेनले काठमाडौंबाट झापातर्फ जाने क्रममा निर्वाचन आयोगबाट अनुमति लिएर हेली एभरेस्टको हेलिकप्टर उडाएका थिए। उनी झापा पुग्नुअघि ओखलढुंगाको आकाशमा पुगेपछि उच्च सुरक्षा निकायबाट आएको हाई अलर्टका कारण हेलिकप्टरलाई झापामा अवतरण गर्न नदिइएको हो।

advertisement

सुरक्षा चुनौती बढेको सूचना पाएपछि बालेनसहित पाँच सदस्यीय टोली काठमाडौं फर्किएको निर्वाचन स्रोतले जनाएको छ।

निर्वाचन आयोगले बालेनलाई उक्त रुटमा हेलिकप्टर प्रयोग गर्न अनुमति दिँदा, लाग्ने खर्च छुट्टै अभिलेख राखेर आवश्यकता परे आयोगलाई उपलब्ध गराउने शर्त राखेको थियो।

 

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com