गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियान अन्तर्गत शुक्रबार गोरखा आएर आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखेको बताएका थिए । आफ्नो जित सुनिश्चित भएको बताउँदै अहिले गोरखा-२ मा कुनै प्रतिस्पर्धी नै नदेखेको उनको तर्क थियो ।

अहिले गोरखा-२ मा प्रचण्डविरुद्ध चुनावी मैदानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले भने त्यसको जवाफ फर्काएका छन् । चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले चुनावको मतगणनापछि प्रचण्डले प्रतिस्पर्धी चिन्ने बताए ।

‘गाउँका जो कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को ? भनेर । सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईँको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ । गाडीबाट झरेर प्रतिस्पर्धी सोध्नुस्, मेरो चुनौती छ,’ मियाँले भने ।

प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०/६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिँदैन, गोरखाका समस्या देखिँदैन । स्वाभाविक हो, उनले भने ।

 

प्रकाशित मिति: १९ कार्तिक २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com