एजेन्सी । इरानमा शनिबारदेखि सुरु भएको संघर्षमा अहिलेसम्म १,११४ भन्दा बढी व्यक्ति मारिएका छन्। अमेरिकी ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए)को तथ्याङ्कका आधारमा सीएनएनले यसबारे रिपोर्ट गरेको छ।
मृतकमा १८३ बालबालिका समेत छन्, जसमध्ये अधिकांश १० वर्ष मुनिका हुन्। एचआरएएनएले अझै ९०० भन्दा बढी मृत्यु रिपोर्टको पुष्टि गर्ने काम जारी राखेको जनाएको छ। पछिल्ला आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवतावादी कानुनअन्तर्गत संरक्षित स्थलहरू, जस्तै उच्च माध्यमिक विद्यालय, मेडिकल साइट र क्लिनिकहरू, लक्षित भएको रिपोर्ट गरिएको छ।
पछिल्लो युद्धमा मृत्यु हुनेहरूको संख्या गत वर्षको जुनमा भएको १२ दिने युद्धमा हुने कुल मृतक सङ्ख्यासँग नजिकिँदै गएको छ। त्यसपटक इरानमा करिब १,१९० जनाको मृत्यु भएको थियो, जसमा इजरायल र अमेरिकी सेनाका कारबाहीसमेत समावेश थिए।
तेहरानका प्रतिशोधी आक्रमणका क्रममा मध्यपूर्वका अन्य क्षेत्रमा पनि दर्जनौँ व्यक्ति मारिएका छन्। स्थानीय अधिकारीहरूले मृत्युमा ६ अमेरिकी सैनिक पनि समावेश भएको जानकारी दिएका छन्।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया