काठमाडौं । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र हराएपछि मतदान प्रक्रिया अवरुद्ध भएको छ।

बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएसँगै मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि सुरु भएको विवाद अझै समाधान हुन सकेको छैन।

advertisement

सर्वदलीय बैठकले मतदान पुनः सञ्चालन गर्ने सहमति गरे पनि मतपत्र हराएको घटनापछि मतदान अझै सुरु हुन सकेको छैन। मतदान केन्द्रबाट ५६ बुक मतपत्र गायब भएको जनाइएको छ।

दोलखामा निर्वाचन सुरक्षाका लागि खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार हराएको मतपत्रको खोजी भइरहेको छ। निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएका मतपत्रलाई मुचुल्का गरी गणनामा समावेश नगर्ने व्यवस्था गरेर मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरूले त्यसमा सहमति जनाएका छैनन्।

विवादमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताहरू संलग्न रहेको बताइएको छ। मतदान सुरु भएको केही समयमै कर्मचारीमाथि हातपातको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com