हेटौंडा। मकवानपुरमा सवारी साधन अनुगमनलाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न स्थानमा जाँच गर्दा अनुमति बिना चलाइएका १९० वटा सवारी साधनमाथि कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा अन्य आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर, अटोरिक्सा लगायतका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

advertisement

अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी अधिकारीले गरेका थिए । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनी हेटौंडाका प्रहरी उपरीक्षक नवीन खड्का तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रशासनले सवारी नियम पालना गर्न र आवश्यक कागजात साथमै राख्न चालकहरूलाई आग्रह गरेको छ । अनुमति बिना सवारी चलाउने कार्यले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा समस्या निम्त्याउने भएकाले नियमित अनुगमन तथा कारबाही जारी राखिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन् ।

यो अनुगमन निर्वाचनको दिन तथा आसन्न समयमा सडक सुरक्षा कायम राख्नका लागि पनि महत्वपूर्ण रहेको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com