काठमाडाैं । मुगुमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा जारी छ। साँझ ४ बजेसम्म जिल्लाभर कुल २१ हजार १५१ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्राप्त विवरणअनुसार हालसम्म महिला ११ हजार १२१ र पुरुष १० हजार ३० जनाले मतदान गरेका छन्। यो कुल मतदाताको ५८.७० प्रतिशत हो।
जिल्लामा हालसम्मको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको मुख्य जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
अझै १४ हजार ८८० मत खस्न बाँकी रहेको बताइएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार











प्रतिक्रिया