काठमाडौं ।निर्वाचन क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु दर्शनले फराकिलो अग्रता लिएकी छन्।
अहिलेसम्म उनी ९,०७८ मत प्राप्त गरेकी छन्। उनको पछ्याइमा नेपाली कांग्रेसका प्रवल थापा रहेका छन्, जसले ४,०८८ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले २,३५३ मत प्राप्त गरेका छन्।
यस क्षेत्रबाट हालसम्म कुल १७,६६३ मत गणना भएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया