काठमाडौं । नेपाली कांग्रेसले प्रारम्भिक मतगणनामा तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको देखिएको छ।

ललितपुर–१ मा कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ९८२ मतसहित अग्रता लिएका छन्। यस क्षेत्रमा नेकपा एमालेका चेतनाथ संजेल दोस्रो स्थानमा ३७३ मतसहित रहेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुनिल महर्जन ३४९ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपा का बुद्धरत्न महर्जन पनि ३४९ मतसहित चौथो स्थानमा रहेका छन्।

advertisement

कपिलवस्तु–३ मा कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले ७६५ मतसहित अग्रस्थानमा रहेका छन्। रास्वपा का प्रकाश रजौरिया दोस्रो स्थानमा २४६ मतसहित छन् भने एमालेका वीरेन्द्र कनोडियाले १८५ मतसहित तेस्रो स्थान लिएका छन्। त्यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपालका ईश्वर दयाल मिश्रले १६८ मत, र नेकपा का एहसान अहमद खाँले ३६ मत प्राप्त गरेका छन्।

कैलाली–१ मा कांग्रेसका उम्मेदवार जनकराज चौधरीले ३४८ मतसहित अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार फागुराम थारु दोस्रो स्थानमा २४१ मत, रास्वपा का कोमल ज्ञवाली तेस्रो स्थानमा १९९ मत, र एमालेका द्वारिका न्यौपाने चौथो स्थानमा ९९ मतसहित रहेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com