काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको निर्णय स्वीकार्य रहेको बताएका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ, र अहिलेसम्म गणना भएका क्षेत्रमध्ये अधिकांशमा रास्वपा का उम्मेदवार अग्रस्थानमा छन्।
यस परिस्थितिमा उपसभापति शर्माले मतदाताको निर्णय स्वीकार्य रहेको उल्लेख गरेका हुन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्: ‘मतदाताको निर्णय स्वीकार्य छ। ‘बुलेट’ बाट आएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै, ‘ब्यालेट’ बाट आएको रास्वपालाई स्वागत। २०७९ मा प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन। चर्को आशा अर्को निराशामा रूपान्तरण हुनु हुँदैन; देशको मुख्य प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया