विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार तेह्रथुममा नेकपा एमाले का उम्मेदवार भानुभक्त ढकाल सुरुवाती अग्रता लिएका छन् ।
ढकालले कुल १,३१९ मत प्राप्त गरेका छन्।उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी का सुरेन्द्र कार्कीले १,२४९ मतका साथ कडा टक्कर दिइरहेका छन्।
त्यस्तै, नेपाली कांग्रेस सन्तोष सुब्बाले भने १,२४४ मतसहित तेस्रो स्थानमा छन्।
एमाले, रास्वपा र कांग्रेसबीचको मतान्तर निकै कम देखिएकाले प्रतिस्पर्धा रोचक बनेको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया