काठमाडौं । रौतहट ४ को प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन् ।
३ हजार ८ सय २६ मत गणना हुँदा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसलाई ६ सय ९२ र तेस्रोमा नेकपालाई ६ सय ३७ मत खसेको छ ।
आम आदमी पार्टीको मोबाइल चुनाव चिन्हबाट लडेका धमलाले ९ भोट मात्र ल्याएका छन् । उनी चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया