काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गरेका छन् ।
रुकुम(पूर्व) प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रावलले आइतबार ‘सपना तथा प्रतिबद्धता’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘१२ कक्षा पास गरेका हरेक युवा युवतीलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ’ उनको घोषणा छ ।
बेरोजगारलाई सीपमुलक तालिम दिने, परम्परागत सीपलाई आधुनिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने, सिल्पी समुदायको सीप क्षमतालाई स्तरकरणी गर्दै आरन, सुनचाँदी पसल, सिलाइ बुनाइ, हस्तकला, गार्मेन्टहरुको विकास गर्ने लगायतका प्रतिबद्धता रावलको छ ।
प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार
प्रतिक्रिया