काठमाडौँ। अछाम क्षेत्र नम्बर–२ मा मतगणना सुरु भएको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका पुष्पबहादुर शाह, नेकपा (एमाले) का यज्ञबहादुर बोगटी, नेपाली कम्युनिस्ट पार्टीका बलबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भूपदेव शाह मुख्य प्रतिस्पर्धामा छन्। भूपदेव शाह रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पूर्व स्वकीय सचिव पनि हुन्।
उक्त क्षेत्रमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुल ९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया