चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतगणनामा फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म १६ हजार २८३ मत गणना हुँदा लामिछानेले ८ हजार १५ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ५९० मत ल्याएका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले २ हजार ५८१ मत प्राप्त गरेकी छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङले १ हजार ७५६ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया