काठमाडौं । प्यूठानमा मतगणना सुरु भएको छ। हालसम्म १,३४७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ।
रास्वपाका सुशान्त बैदिकले ५०५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दराज पोखरेलले ४६६ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत पाएका छन्।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा हाल पाँचौँ स्थानमा छन्। उनले ६९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया