म्याग्दी। म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार यहाँ २८१३ मत गणना भएको छ। त्यसमध्ये २६२६ मत सदर र १८७ मत बदर भएको छ।

अग्रता लिएका महाविर पुनले १०६६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन्। उनले ६१२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अर्जुनबहादुर थापाले ४७२ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com