काठमाडौं । अत्यधिक चासोको केन्द्रमा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले उल्लेखनीय अग्रता लिएका छन्।

दिउँसो १ बजेर १५ मिनेटसम्मको आधिकारिक मतगणना अनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गरेका छन्। उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार २४८ मत ल्याएका छन्।

advertisement

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया १८७ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत प्राप्त गरेका छन्।

हालसम्मको मत परिणामअनुसार बालेनले ओलीमाथि करिब ४ हजार मतको फराकिलो अग्रता कायम गरेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com