काठमाडौ । झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चार गुणा मत अन्तरसहित अग्रस्थानमा रहेका छन्।
मतगणनाको पछिल्लो नतिजा अनुसार शाहले ५,२५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १,२४८ मत पाएका छन्।
नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १८५ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १२९ मत पाएका छन्।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया