पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनभित्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अबकाे प्रधानमन्त्रीको विषयलाई लिएर विवाद हुने जिकिर गरेका छन्।
आज मङ्गलवार पोखरामा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई कलह, अस्थिरता र झमेलाको संज्ञा दिए । गठबन्धनका ६ वटा पार्टी ६ तर्फ मुख गरेर फर्किएकाे उनकाे भनाइ थियाे ।
शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुन्छु भन्दा प्रचण्ड झस्किएको बताउँदै गठबन्धनलाई आफ्नो प्रधानमन्त्री को हो भन्ने नै थाहा नभएको अध्यक्ष ओलीले उल्लेख गरे । ‘कांग्रेसका थुप्रा मान्छेले आफू प्रधानमन्त्री भनेका छन्, माओवादीकाले आफू भनेका छन् । विभिन्न पार्टीले प्रधानमन्त्री आ–आफ्ना तोकेका छन्’, उनले भने ‘गठबन्धनको प्रधानमन्त्री को हो ? घोषणपत्र के हो ? केही छैन ।’
प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया