विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा ४ हजार ३०९ मत गणना सकिँदासम्म श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा निकै पछाडि परेका छन्।

हालसम्मको मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार गोमा तामाङले २ हजार १६२ मत प्राप्त गरेकी छन् भने हर्क साम्पाङले ८१६ मत मात्रै पाएका छन्।

advertisement

तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ रहेका छन्। उनले ४३७ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेका टिका मांगलेनले २३० मत पाउँदा नेपाल कम्युनिस्ट पार्टीका सूर्यकुमार भट्टराईले १७६ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार उद्धव थापाले भने २५३ मत पाएका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com