काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा रहेकी छन्।

शनिबार बिहान साढे ४ बजेसम्मको मतगणना अनुसार तामाङले ११ हजार १२८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ४ हजार ९४३ मत पाएका छन्।

advertisement

निर्वाचन आयोगका अनुसार तेस्रो स्थानमा नेकपाका उम्मेदवार राजेन्द्र पाण्डे रहेका छन्। उनले ३ हजार ८०० मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कृष्णा रिजालले २ हजार ७८४ मत पाएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com