काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रूविना आचार्य विजयी भएकी छन्।
निर्वाचन कार्यालयका अनुसार उनले ५५ हजार ५१३ मत प्राप्त गर्दै जीत हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइरालाले १२ हजार ८५० मत पाएका छन्।
कोइरालाको तुलनामा आचार्यले चार गुणाभन्दा बढी मत ल्याएकी हुन्। उनले शेखरलाई ४२ हजार ६६३ मतान्तरले पराजित गरेकी छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया