काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धनञ्जय रेग्मी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालसम्बन्धी अध्ययन गर्ने अध्येता हुन्। जापानबाट पीएचडी गरेका उनले त्रिभुवन विश्वविद्यालयको भूगोल विभागमा अध्यापनसमेत गरेका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका मीनबहादुर गुरुङले १६ हजार ८०४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया