काठमाडौं  । रूपन्देही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कन्हैया बनियाँ विजयी भएका छन्।

नेकपा एमालेका प्रमोदकुमार यादवलाई हराउँदै बनियाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बनियाँले २८,०६६ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका यादवले २०,२६२ मत पाएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५,६१३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com