काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिनिधि सभाको निर्वाचनमा आफू पराजित भएको स्वीकार गरेका छन्। गणना सकिनुअघि नै भक्तपुर–२ निर्वाचन क्षेत्रमा रास्वपाका खत्रीको जीतमा बधाई समेत दिएका छन्।
‘भक्तपुर क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचनमा सहभागी भएको थिएँ। यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन’, उनले फेसबुकमा लेखेका छन्,‘तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु।’
रास्वपाका उम्मेदवार राजीव खत्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया