काठमाडौं। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जितेलगत्तै अर्का स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका हुन् ।

कपिलवस्तु १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले अग्रता लिएका हुन् । उनले ९ हजार ८१७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका ९ हजार ६८७ मत पाएका छन् । नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले ८ हजार ९४२ मत पाएका छन् ।

advertisement

आशिष शर्मा नेपाली कांग्रेसका बागी उम्मेदवार हुन् । उनी पूर्वमन्त्री तथा पूर्वराजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । उनलाई उम्मेदवार बनाएपछि नेपाली कांग्रेसले उपाध्यायका बाबु-छोरासहित १९ जनालाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com