मुगु। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको देशभर मतगणना जारी रहँदा मुगु जिल्लामा भने भौगोलिक विकटताका कारण मतगणना ढिलाइ भएको छ। चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्र मुगुम् कार्मारोङ्ग गाउँपालिकाका डोल्पा र मुगुका २ वटा बुथ केन्द्रका मतपेटिका सदरमुकामसम्म ल्याउन दुई दिनसम्म पैदल हिँड्नुपर्ने भएकाले समय लागिरहेको हो।

जिल्ला निर्वाचन आयोग मुगुका अनुसार ती मतपेटिका आज केही समयमै सदरमुकाम पुग्ने अपेक्षा गरिएको छ। मतपेटिका पुगेपछि सर्वदलीय बैठक आह्वान गरी आज ढिलोमा करिब ३–४ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिएका छन्।

advertisement

स्थानीय युवा आशिष देवकोटाका अनुसार ३६६५३ मतदाता भएको मुगुमा प्रत्यक्षतर्फ २२,०७७ मत खसेको छ भने कुल ७० वटा बुथ केन्द्र रहेका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com