काठमाडौं । सिराहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता निर्वाचित भएका छन्।
गुप्ताले ४१,३२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी, नेपाली कांग्रेसका रामसुन्दर चौधरी, ९,७८४ मतमा सीमित रहेका छन्। त्यस्तै, एमालेका राम शंकर यादवले ७,८८६ मत प्राप्त गरेका छन्।
गुप्ता पूर्वमा अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री थिए र उनले पदबाट राजीनामा दिएर चुनाव लडेका थिए।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया