काठमाडाैं । खरो बोली, स्पष्ट विचार र श्रमप्रतिको सम्मानलाई राजनीतिक एजेन्डा बनाउँदै आएका श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई निर्वाचनमा विजयी भएका छन्। उनले खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै श्रम संस्कृति पार्टीको राजनीतिक यात्रामा महत्वपूर्ण सफलता दिलाएका छन्।

निर्वाचनको अन्तिम परिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राई ११ हजार ९५७ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

advertisement

स्थानीयस्तरमा श्रमको सम्मान, जनतासँग प्रत्यक्ष सम्बन्ध र स्पष्ट बोल्ने स्वभावका कारण आरेन राई छोटो समयमै चर्चामा आएका नेता हुन्। श्रम संस्कृति पार्टीले श्रमको सम्मान र इमानदार नेतृत्व भन्ने नारासहित चुनावी मैदानमा प्रवेश गरेको थियो।

विजयपछि आरेन राईले जनताको विश्वासलाई सबैभन्दा ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले अब संसदमा श्रमको सम्मान, स्थानीय विकास र जनताको प्रत्यक्ष सरोकारका मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com