हेटौंडा । नेकपा एसका उम्मेदवार विरोध खतिवडालाई हातपात गर्ने व्यक्तिले रक्सी नखाएको पाइएको छ । खतिवडा मन्त्री र सांसद हुँदा गाउँमा नआएको, विकास नगरेको भन्दै रिसाएका खड्काले हात मिलाउने बाहानामा दुई झापड हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मकवानपुरका गठबन्धन दलले संयुक्त विज्ञप्ति निकालेर खतिवडामाथि कुटपिटको समाचारको खण्डन गर्दै चुनावी कार्यक्रममा खतिवडा आएलगत्तै ‘एक स्थानीयले अत्याधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैँ लडेर घाइते भएको’ भन्दै खड्कालाई प्रहरीमा बुझाइएको बताएको थियो ।

तर, प्रहरीले ५० वर्षीय खड्काले मापसे नगरेको बताएको छ । खतिवडालाई हातपात गरेपछि पक्राउ गरिएका खड्काको हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा मापसे गरेको नपाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले  बताए ।

प्रकाशित मिति: २३ कार्तिक २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com