रौतहट।  गत भदाैमा भएकाे ‘जेन–जी’ आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका–४ का ४० वर्षीय रामनरेश साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हाे ।

उनी ‘जेन–जी’ आन्दोलनको समयमा कारागार कार्यालय गौरबाट फरार भएका थिए । साह लागुऔषध गाँजा तथा हातहतियार खरखजना सम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भोगिरहेका थिए ।

advertisement

प्रहरीले विशेष खोजतलास अभियान सञ्चालन गर्दै उनलाई गौर नगरपालिका–१ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णु प्रदिप बस्यालले बताए ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com