संखुवासभा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा(एमालेका) अर्जुनकुमार कार्कीको अग्रता जारी छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन्। हालसम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ६ हजार १४९ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले पाँच हजार ३८७ मतले पछ्याइरहेका छन्। एमालेका कार्की र रास्वपा का शेर्पाबीचको ७६३ मतान्तर रहेको छ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया