काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगले आज बिहान ६ बजे उपलब्ध गराएको तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने जारी मतगणनामा एक क्षेत्रमा अग्रता लिइरहेको छ।
नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ र एक क्षेत्रमा अग्रस्थानमा रहेको छ। त्यस्तै, नेकपा (एमाले) ले ८ स्थानमा विजय हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम राखेको छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी ७ स्थानमा विजयी भएको छ भने श्रम संस्कृति पार्टीले ३ स्थान जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवारले पनि १–१ स्थानमा विजय हासिल गरेका छन्।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया