सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिका – ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भाकल गरेका थिए ।

युवाहरूका अनुसार सर्लाहीका रास्वपा उम्मेदवारहरू नीतिमा भण्डारी ( कार्की ), रविन महतो, नरेन्द्र साह कलवार र डा. अमरेश सिंहलगायत तथा देशभर पार्टीका उम्मेदवारहरूले सफलता पाएपछि आफ्नो भाकल पूरा भएको भन्दै आइतबार ब्रह्मबाबा मन्दिरमा मिठाई अर्पण गरिएको हो ।

advertisement

चन्द्रनगर – ३ का युवा पवन महतोका अनुसार केही दिनभित्रै चमेली माई मन्दिरमा बोका बली दिने कार्यक्रम पनि गरिनेछ । अर्का युवा विकास कुमार महतोले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन साहले विभिन्न क्षेत्रमा विकासको पहल गरेको उल्लेख गर्दै अब देशको नेतृत्व सम्हालेपछि मुलुकभर विकास र समृद्धि आउने अपेक्षा राखेका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com