काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो।

सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ। नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ।

advertisement

लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन्। यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ । नेप्सेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार २० मिनेटपछि बजार पुनः खुल्नेछ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com