काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

शनिबार रातिदेखि सुरु भएको समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हो ।

advertisement

आइतबार राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार रोल्पा निर्वाचन क्षेत्र-१ मा नेपाली कम्युनिष्ट पार्टी समानुपातिमा पहिलो बनेको छ ।

निर्वाचन कार्यालयका अनुसार रोल्पा -१ मा नेपाली कम्युनिष्ट पार्टीले २५ हजार ६२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १३ हजार ६३८ मत प्राप्त गर्दै दोस्रो भएको छ । नेपाली कांग्रेसले ११ हजार ४९९ मत र नेकपा एमालेले १० हजार ९ मत पाएको छ ।

रोल्पा-१ मा कुल १ लाख ५० हजार ७४९ मतदाता रहेकोमा समानुपातिकतर्फ ७० हजार १५४ जनाले मतदान गरेका थिए । जसमा ६७ हजार ५७६ मत सदर भएको र २ हजार ५७८ मत बदर भए ।

यस क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुन अनन्त निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com