काठमाडौं। काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुनुभएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com