काठमाडौं । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ। प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन्।

समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकामा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र नेपाली कांग्रेसले तेस्रो धेरै मत प्राप्त गरेको छ।

advertisement

नेकपा (एमाले) ले ११ हजार ३८५, कांग्रेसले १० हजार ७०५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ आठ हजार ८७९ मत प्राप्त गर्दै चौथो बनेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेको छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com