काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीसँग आफ्नो धारणा मिल्न सक्ने संकेत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले शाहीसँग केही विषयमा विचार मिल्ने सम्भावना रहेको उल्लेख गरेका हुन्। उनले लेखेका छन्, ‘माननीय ज्ञानेन्द्र शाहीसँग चाहिँ कुरा मिल्छ जस्तो लाग्छ। प्रारम्भिक अनुमान मात्रै हो।’
ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जुम्ला निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
साम्पाङको उक्त अभिव्यक्तिलाई आगामी संसदीय गतिविधिमा सम्भावित सहकार्य वा समान धारणा बन्न सक्ने संकेतका रूपमा समेत हेरिएको छ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया