गुल्मी। गुल्मी जिल्लामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई जना उम्मेदवारको मत शून्य छ । शून्य मत ल्याउनेमा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रेमप्रसाद श्रेष्ठ र विमला ज्ञवाली रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले कम्तीमा आफ्नो मत आफैँलाई दिने अपेक्षा गरिन्छ । तर श्रेष्ठ र ज्ञवालीले भने आफैंलाई मत नहालेको पाइएको छ । यसले उनीहरूले मतदान नगरेको वा अन्य उम्मेदवारलाई मत दिएको हुनसक्ने अनुमान गरिएको छ ।

advertisement

गुल्मीका दुईवटा निर्वाचन क्षेत्रमा यसपटक कुल ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये २० जना विभिन्न राजनीतिक दलका उम्मेदवार थिए भने २३ जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।

क्षेत्र नम्बर-१ मा दलबाट १० जना र स्वतन्त्रबाट ११ जना उम्मेदवार थिए । त्यसैगरी क्षेत्र नम्बर-२ मा दलबाट १० जना र स्वतन्त्रबाट १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com