काठमाडौं। भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई पनि सोही मुद्दा चलाउन सिफरिस गरेको छ ।

advertisement

आयोग गठन गर्दा सरकारले आयोगलाई अनुसन्धानपछि कारवाहीको सिफारिस समेत गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अनुसार आयोगले कानुनको दफा नै तोकेर कारवाही सिफारिस गरेको हो ।

आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अन्तर्गत मुद्दा चलाउन सिफरिस गरेको छ ।

मुलुकी अपराध संहिताको दफा १८१ मा ‘लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने’ उल्लेख छ ।

दफामा भनिएको छ ‘(१) कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

यो दफाले यही ऐनको अन्य ३ दफाहरुको अवस्था बाहेकको अवस्थालाई जनाएको छ ।

अन्य तीन दफामध्ये दफा १७७ मा ‘ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने’ उल्लेख छ ।

कसैले मार्छु नै भन्ने नियतले कसैलाई मारेमा यो दफा आकर्षिक हुन्छ ।

यो दफा अनुसार सजाय बढी हुन्छ । यस्तो कसूरदारलाई जन्मकैद हुन्छ ।

ओलीलगायतको हकमा यो दफा आकर्षित नहुने भनिएको छ ।

यस्तै दफा १७८ मा कसैको ज्यान जान सक्छ भन्ने जान्दाजान्दै कुनै काम गरेर कसैको ज्यान गएमा हुने सजाय सम्बन्धी व्यवस्था छ ।

यो दफाअनुसारको कसूरदारलाई पनि धेरै सजाय हुन्छ । ओलीलगायतको हकमा यो दफा आकर्षित नहुने भनिएको छ ।

दफा १७९ मा ‘गम्भीर उत्तेजना वा रिसको आवेशमा ज्यान लिन नहुने’ भनिएको छ ।

यो दफाले पहिले नै ज्यान मार्ने नियत नभएको तर तत्कालीन अवस्थामा कुनै कारणले रिस उठेपछि त्यो रिस थाम्न नसकी ज्यान लिएको अवस्थालाई जनाउँछ ।

यो कसूर गर्नेलाई १० देखि १५ वर्ष सजायको व्यवस्था छ ।

ओलीलगायतको हकमा यो दफा पनि आकर्षित नहुने भनिएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com