काठमाडौं । डा. लेखजंग थापाले रुपन्देही–३ मा प्रतिनिधिसभा निर्वाचनमा फराकिलो अन्तरले विजयी हुँदै अरू उम्मेदवारको जमानत जफत गराएका छन्।
यहाँ करिब ९० हजार मत सदर भएको थियो। जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्छ।
तर दोस्रो भएका सुशील गुरुङ ले ८ हजार ४३५ मत मात्र पाए भने तेस्रो भएका वासुदेव घिमिरे ले ८ हजार २७५ मत प्राप्त गरे।
लेखजंग थापाले भने ५८ हजार ८१४ मत प्राप्त गर्दै विजयी भए। यससँगै उनीबाहेक प्रतिस्पर्धामा रहेका ३५ जना उम्मेदवारको जमानत जफत भएको छ।
यस जितसँगै थापाले संसदीय निर्वाचनमा सबैभन्दा ठूलो मतान्तरको रेकर्ड समेत कायम गरेका छन्। उनले दोस्रो उम्मेदवारलाई ५० हजार ३७० मत अन्तरले पराजित गरेका हुन्।
यता बालेन्द्र शाह ले भने देशमै सबैभन्दा धेरै ६८ हजार ३४८ मत पाएर निर्वाचित भए पनि मतान्तरका हिसाबले दोस्रो स्थानमा रहे।
उनले केपी शर्मा ओली लाई ४९ हजार ६१४ मत अन्तरले पराजित गरेका थिए।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया