काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चैत ६ गते त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सिनेट बैठक बोलाएको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बोलायो सिनेट बैठकनेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको सूचनाअनुसार बैठकमा तीन मुख्य एजेन्डामा छलफल हुने उल्लेख छ।

advertisement

सूचनामा भनिएको छ कि बैठकमा नेविसंघको संशोधित र परिमार्जित विधान, १२ औँ केन्द्रीय महाधिवेशनको कार्यतालिका, साथै अन्य विविध महत्वपूर्ण विषयमा विचार-विमर्श गरिनेछ।

नेविसंघको विधानअनुसार सिनेट सर्वोच्च निकाय मानिन्छ।

सिनेटको अध्यक्ष नेविसंघको केन्द्रीय अध्यक्ष नै हुने व्यवस्था छ भने केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः सिनेट सदस्य मानिन्छन्।

सिनेटमा प्रदेश अध्यक्ष, सबै जिल्ला अध्यक्ष, स्ववियु परिषद्का सभापति, स्ववियु तथा कल्याण परिषद्का अध्यक्ष, विश्वविद्यालय क्याम्पस समिति अध्यक्ष, विश्वविद्यालय समन्वय समिति अध्यक्ष, प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष र सीटीईभीटी समन्वय समिति अध्यक्ष पनि सदस्य रहने प्रावधान छ।

त्यसैगरी विदेश क्षेत्रमा रहेका अध्यक्ष र स्ववियु निर्वाचन हुने क्याम्पस एकाइका अध्यक्ष पनि सिनेट सदस्यको रूपमा सहभागी हुनेछन्।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com